detail-img

बाँकेको खजुरामा भेला सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–६ उढरापुरको वडा बैठक तथा भेला शनिबार सम्पन्न भएको छ । 
नेकपा (एमाले) का बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिको उपस्थिति र वडा कमिटीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा बैठक तथा भेला सम्पन्न भएको हो । 
बैठकले केन्द्रीय अभियानलाई सफल बनाउन टोल कमिटी विस्तार र गठन, सदस्यता नवीकरण र घरदैलो कार्यक्रम तथा प्रशिक्षण लगायत कार्यक्रम निर्धारण गरेको छ । बैठकमा जिल्ला अध्यक्ष कक्षपतिसहित स्थानीय नेताहरू नन्द बिश्वकर्मा, भीम ओली, लिलबहादुर नेपाली, कौशिला कठायतलगायतले प्रशिक्षणमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो । 

रिटर्नी फेडरेशनको जिल्ला अधिवेशन सम्पन्न 
यसैगरी रिटर्नी फेडरेशन नेपाल बाँकेले आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्य र फेडरेसनका जिल्ला अध्यक्ष अमर बिरही श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएको हो ।


अधिवेशनले अमर बिरही श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हेमराज गौतम, सचिवमा केशरबहादुर बुढा, कोषाध्यक्षमा गोविन्द खत्री सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनमा रिटर्नी फेडरेशन नेपालका केन्द्रीय उपाध्यक्ष हिरा खनाल, केन्द्रीय सदस्य दीपेन्द्र जोशी, जिल्ला कमिटी सचिवालय सदस्य राम थापालगायतको सहभागिता थियो ।