detail-img

मिसन ग्रासरुटः ललितपुर, धादिङ, रसुवा र रामेछापका गतिविधि

ललितपुर । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत ललितपुरको महाँकाल–१ बुखेल वडा कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि बिषमलाल अधिकारी दनुवारको उपस्थिति र वडा कमिटीका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकमा केन्द्रीय प्रतिनिधि दनुवार, बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभाका पूर्वसदस्यद्वय चेतनाथ सञ्जेल र मैना अछामी, जिल्ला कमिटी सदस्यद्वय साजन दर्लामी र श्याम बजगाई, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रामहरि घिमिरे तथा गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले अभियानबारे प्रष्ट पार्दै आ–आफ्नो सुझावसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 
बैठकले आगामी चैत ४ गते वडाका सिमढुङा, केवलडाँडा र कतौनबेसीमा टोल कमिटीको बैठक राखी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता आवेदन भराउने कार्यक्रम तय गरेको छ ।


यसैगरी ललितपुरकै बागमती गाउँपालिकामा नेकपा (एमाले) गाउँ कमिटीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । 
मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि विषमलाल अधिकारी दनुवारको उपस्थिति र कमिटीका अध्यक्ष नवराज सञ्जेलको अध्यक्षतामा बैठक बसेको हो । 
बैठकले मिसन ग्रासरुट अन्तर्गतका वडास्तरीय कार्यक्रम तय गरेको छ । बैठकमा प्रदेशबाट जिम्मेवारी तोकिएका मधुसुधन पौडेल, राजेन्द्र श्रेष्ठ, चेतनाथ संजेल र जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।

धादिङमा भेला, बैठक, कमिटी पुनर्गठन 
धादिङमा विभिन्न पालिकाका वडाहरूमा भेला तथा बैठकहरू धमाधम सञ्चालन भइरहेका छन् । जिल्लाको नीलकण्ठ र धुनीबेसी नगरपालिका तथा गंगाजमुना र गल्छी गाउँपालिकामा अभियानअन्तर्गतका कार्यक्रमहरू भएका हुन् । 
पार्टी केन्द्रीय सदस्य कैलाश ढुङ्गेलको उपस्थितिमा नीलकण्ठ नगरपालिका–१० ज्यामरुङमा नेकपा (एमाले) को वडा कमिटी बैठक सम्पन्न भएको छ । यस्तै धुनीबेसी नगरपालिका–९ नौबीसेमा नारायणी खत्रीको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी पुनर्गठन तथा वडा नम्बर ५ मा वडा कमिटी बैठक सम्पन्न भएको छ । 
यसैगरी जिल्लाको गंगाजमुना गाउँपालिका–६ बसेमा वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले भेलालाई सम्बोधन गर्नुभयो । यस्तै, गल्छी गाउँपालिका–१ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । टोलटोलमा केन्द्रीय नेता पुगेर जनतालाई एमालेबारे बुझाउने कार्ययोजना भेलाले बनाएको छ । भेलालाई केन्द्रीय सदस्य केशव स्थापितले सम्बोधन गर्नुभएको थियो । 
रसुवामा कार्ययोजना निर्माण 
यसैगरी रसुवामा पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत गोसाइकुण्ड गाउँपालिकामा नेकपा (एमाले) गोसाइकुण्ड गाउँ कमिटीको बैठक बस्यो । 
कमिटीका अध्यक्ष दावा मिङमार तामाङको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सल्लाहकार परिषदका सदस्य, प्रदेश कमिटीका सदस्य, पार्टी जिल्ला अध्यक्ष, उपसचिव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


बैठकले छ वटा वडाको विभिन्न कार्ययोजना निर्माण गरेको छ । यस्तै, पालिकास्तरीय पार्टी प्रशिक्षण तथा वनभोज कार्यक्रम गर्ने निर्णय पनि भएको छ । यस्तै, मिसन ग्रासरूटका लागि पार्टीले निर्देशन गरेको मर्म र भावना अनुरूप पालिकास्तरीय र वडास्तरीय सदस्यहरूको जिम्मेवारी बॉडफाट गरिएको छ । 

रामेछापमा जनसंगठनको सम्मेलन 
रामेछापमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापको दोस्रो जिल्ला सम्मेलन शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । 
सम्मेलनको नेकपा (एमाले) केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइञ्चार्ज निरु दर्लामीले उद्घाटन गर्नुभएको थियो ।


सो अवसरमा दर्लामीले अधिकार प्राप्तिको लागि आदिवासी जनजाति संगठित भएर अघि बढ्नुपर्ने नत्र अधिकारको कुरा नारामा मात्र सीमित रहने बताउनुभयो । 
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव पेम्बा गुरुङ भोटेले नेपालको संविधान २०७२ बाट नेपाली नागरिकले धेरै कुरा प्राप्त गरेको बताउँदै यो काम नेकपा (एमाले) को अगुवाइमा भएको प्रष्ट पार्नुभयो । 
नेकपा (एमाले) लाई सत्ताबाट विमुख गराउने प्रयत्न गर्दा पनि एमालेप्रतिको जनविश्वास नगुमेको धारणा उहाँले व्यक्त गर्नुभयो । महासंघका उपमहासचिव देवराज राई, कोषाध्यक्ष प्रेम श्रेष्ठ, नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, प्रेम तामाङ, लव श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, महासंघका नेताहरू सूर्य माझी, सोम लामा लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी सदस्यहरू, जिल्ला उपाध्यक्ष इन्द्र तामाङ, सचिव पुरुषोत्तम कडरिया, उपसचिवहरू प्रकाशकुमार कार्की, होतराज ढकाल, पार्टीका पालिका कमिटी अध्यक्षहरू तथा महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनले भीमबहादुर श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।