detail-img

गण्डकी प्रदेशः भूपू सैनिक तथा प्रहरीका लागि अभिमुखीकरण  

पोखरा । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशको अभिमुखीकरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । पार्टी केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्यालको प्रमुख आतिथ्य र गण्डकी प्रदेश अध्यक्ष शेरबहादुर जीसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा सचिव अर्यालसहित संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डे, वरिष्ठ उपाध्यक्ष  लालकाजी गुरुङ, सचिव अर्जुन नागिला, मनबहादुर गुरुङलगायतले प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, संगठनका केन्द्रीय सदस्य धर्मदत्त तिमल्सेना, गोपाल बहादुर गुरुङ, शेरबहादुर गुरुङ, कमल गुरुङ, श्याम बहादुर गुरुङ, बिर्खबहादुर गर्बुजा, दीपक केसी, देवीप्रसाद शर्मा, सालबहादुर राना, नरबहादुर गुरुङ, शेरबहादुर थापा मगर, डोरमणि गिरीलगायतको उपस्थिति थियो । 
माछापुच्छ्रे गाउँपालिकामा प्रशिक्षण 
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारी र पार्टीको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा उक्त पालिकाबाट जिल्ला र प्रदेशमा प्रतिनिधित्व गर्नुहुने नेताहरू र गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमले पार्टीको केन्द्रीय अभियानलाई प्रभावकारी रूपले अगाडि बढाउने विभिन्न कार्यक्रमसहितको कार्ययोजना तयार गरेको गण्डकी प्रदेश कमिटी प्रचार विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
 बृहत कार्यकर्ता भेला
मिसन ग्रासरूट अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ४ लाहाचोकमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि कल्पना चापागाईको प्रमुख आतिथ्यता र वडा अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । 
वडाका कार्यकर्ता र पार्टी सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि चापागाईं र प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणलाई अन्य वडामा समेत प्रभावकारी रूपले अगाडि बढाउने कार्ययोजना तयार भएको छ ।

लमजुङमा विभागीय प्रमुखहरूको बैठक

लमजुङमा मिसन ग्रासरुट अन्तर्गत शनिबार नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको विभागीय प्रमुखहरूको बैठक बसेको छ । 
नेकपा (एमाले) लमजुङका अध्यक्ष एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा, जिल्ला कमिटीका सचिव शुभाष पौडेल, उपसचिव जितबहादुर गुरुङ र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । 
बैठकले २२ वटै विभागको बैठक तय गर्नुको साथै स्ववियु निर्वाचनको बारेमा छलफल र चैत २४ गते पार्टी कार्यालयमा ११ बजे विभागीय सदस्यहरूको संयुक्त भेला गर्ने निर्णय गरेको छ ।