detail-img

मधेश प्रदेशः बाराको परसौनीमा गाउँपालिका सभादल गठन 

काठमाडौं । नेकपा (एमाले) ले बाराको परसौनी गाउँपालिकामा पालिका सभादल गठन गरेको छ । दलको नेतामा परसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवाल चयन हुनुभएको छ । 
त्यसैगरी सभादलको उप नेतामा उपाध्यक्ष किरणदेवी साह र प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष इस्लाम मिया चयन हुनुभएको छ । 
पालिका अध्यक्ष बिनोद जैसवालको सभापतित्वमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य अरबिन्द सिंह, प्रदेश कमिटी सदस्य मनोज पौडेल, राजमहमद रायलगायतको उपस्थिति थियो ।