detail-img

चितवनमा उत्साहका साथ अगाडि बढ्दै मिसन ग्रासरुट 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत चितवनमा सबै (सातवटै) पालिकामा पालिका कमिटीका विस्तारित बैठक बसी बनाइएका कार्ययोजना बमोजिम उत्साहका साथ अगाडि बढिरहेको छ । 
पार्टीका केन्द्रीय प्रतिनिधिहरूको उपस्थिति र निर्देशनमा बनाइएका कार्ययोजना बमोजिमका काम, गतिविधि सबै पालिकामा उत्साहका साथ अगाडि बढिरहेको नेकपा (एमाले) जितवन जिल्ला कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले वताउनुभयो । 
चितवनमा केन्द्रीय प्रतिनिधिका रूपमा पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा, जानुका सिंखडा र शान्ति अधिकारी खटिनुभएको छ ।


फागुन २५ गतेसम्मको प्रगति विवरण अनुसार, राप्ती नगरपालिका ( १३ वटा वडा) मध्ये फागुन २५ गतेसम्म वडा नं. २, ४, ९ र १३ का विस्तारित बैठक सम्पन्न भएका छन् । राप्ती नगरपालिकामा केन्द्रीय प्रतिनिधिका रूपमा शान्ति अधिकारी र मुकुन्दराज दाहाल, नीलहरि थापा, कृष्णबहादुर नेपाली लगायत जिल्ला र नगर कमिटीका सदस्यहरू खटिरहनुभएको छ । 
त्यसैगरी १३ वटा वडा रहेको खैरहनी नगरपालिकामा वडा नं १, २ र ४ को नगर वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।
पार्टीका उपाध्यक्ष तथा मिसन ग्रासरुटका अनुगमनकर्ता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएका विस्तारित बैठकमा नेताहरू कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी हरि पौडेल, मीना गिरी, जयचन्द्र प्रसाद चौधरी, सहदेव लकान्द्री, कुलप्रसाद भुषाल, मंगलराम दराई, कृष्णमाया रानाभाट, लावण्यकुमार शर्मा, चन्द्रकान्त न्यौपानेलगायतको उपस्थिति रहेको थियो । 
इच्छाकामना गाउँपालिकामा पनि विस्तारित बैठक सम्पन्न भएको छ । सातवटा वडा रहेको इच्छाकामनामा अभियानलाई वडा तहमा लैजाने कार्ययोजना पारित भएको छ । यहाँ जानुका सिंखडा केन्द्रीय प्रतिनिधिका रूपमा अभियानको नेतृत्व गरिरहनुभएको छ । बैठकमा उहाँसँगै खुमनारायण श्रेष्ठ, प्रकाश अधिकारी, दिवस पाण्डे, लालमणि कुँवर, प्रकाश खनाल शैलेस लगायतको उपस्थिति रहेको थियो । 
रत्ननगर नगरपालिका (वडा १६) मा नगर कमिटीको विस्तारित बैठक तथा वडा नं. १, ५, ६, ८, ९, १०, ११, १२, १३ र १५ को विस्तारित बैठक सम्पन्न भएका छन् । विस्तारित बैठकहरू केन्द्रीय प्रतिनिधि पार्टीका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको उपस्थितिमा सम्पन्न भएका छन् । 
त्यसैगरी  बैठकमा दावादोर्जे लामा, रामप्रसाद न्यौपाने, शारदा कुमाल, गोविन्द कँडेल, शम्भुप्रसाद सुवेदी, जगन्नाथ आचार्य, श्यामलाल विक, रमेश रेग्मी, मीना घलानलगायत जिल्ला र नगरका नेताहरूको सहभागिता रहेको थियो । 
कालिका नगरपालिका (वडा संख्या ११) मा पनि नगरको विस्तारित बैठक तथा वडा नं. ४ र ५ को बैठक बसी कार्ययोजना निर्माण गरिएको छ । बैठकमा  केन्द्रीय प्रतिनिधि जानुका सिंखडा, पुरुषोत्तम न्यौपाने, शान्ति अधिकारी ढकाल, खेम भट्ट, दिलीपचन्द्र घिमिरे, प्रकाश खनाल शैलेसलगायत जिल्ला कमिटी र नगर कमिटीका नेता कमरेडहरू सहभागी हुनुभएको थियो ।
माडी नगरपालिका (वडा संख्या ९) नगरको विस्तारित बैठक तथा वडा
नं. १, २, ३, ४, ६, ७, ८ र ९ को बैठक बसी कार्ययोजना निर्माण गरिएको छ । 
बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको उपस्थितिमा अन्जान तिमिल्सिना, सरस्वती विष्ट, कृष्णलाल चौधरी, राजाराम रेग्मी,् दिव्य शर्मा आचार्य, प्रह्लाद पोखरेल, श्याम विष्टलगायत जिल्ला कमिटी र नगर कमिटीका नेताको सहभागिता रहेको थियो । 
भरतपुर महानगरपालिका (२९वडा) मा पनि नगर कमिटी र वडा नं. ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २४, २५, २६, २७, २८ र २९ को वडा कमिटी बैठक बसी कार्ययोजना निर्माण गरिएको छ । बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको उपस्थिति रहेको थियो । उहाँकै निर्देशन र मिसन ग्रासरुटको निर्धारित कामलाई ध्यानमा राखी कार्ययोजना बनाई कार्यान्वयन शुरु गरिएको छ । 
नगर तथा वडास्तरीय कमिटीका विस्तारित बैठकमा केन्द्रीय प्रतिनिधि बाँस्कोटाका साथै जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, लक्ष्मीकान्त चालिसे, तेजेन्द्रबहादुर खड्का,–नारायणप्रसाद अधिकारी, कृष्णप्रसाद भुर्तेल, सरस्वती विष्ट, कृष्णकुमार डल्लाकोटी, नारायण वन, केशवप्रसाद रेग्मी,–जयमंगल कुमाल, इमानसिंह लामा, लक्ष्मी पोखरेल कोइराला, भूपालनाथ कँडेल, सुनिता अधिकारी, कमल मल्ल, गोपाल कँुवर, गोपालजी गुप्ता, अनन्तप्रकाश सुवेदी, उमाकान्त शर्मा, कमलराज पाठक, प्रकाश ढुंगाना र श्यामकुमार विष्टलगायत जिल्ला तथा महानगर कमिटीका नेताहरुको सहभागिता रहेको थियो । 
चितवनमा मिसन ग्रासरुट अभियान सँगसँगै आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलाई विजयी बनाउन आवश्यक सहयोगका लागि कार्यदल गठन गरी परिचालन गर्ने निर्णय भएको छ । 
ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि पार्टी पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाको विशेष उपस्थिति र पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उपस्थितिमा स्ववियु निर्वाचनका लागि पार्टीका उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा बनेको कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठकको निर्णयअनुसार आवश्यक रणनीतिक गतिविधि अगाडि बढाइएको छ । 
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मिसन ग्रासरुटलाई सोही दिवससँग जोडेर कार्यक्रम सम्पन्न गरिएको छ । अखिल नेपाल महिला संघ चितवनद्वारा आयोजित विशेष जिल्ला भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको आतिथ्य रहेको थियो । भेलामा केन्द्रीय सदस्य प्रभा बराल, शिवकुमारी गोतामेको पनि उपस्थिति रहेको थियो । 
अनेमसंघ जिल्ला अध्यक्ष विमला दुवाडीको अध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, अनेमसंघ केन्द्रीय सदस्यहरू हेमकला गैरे, सरस्वती विष्ट, शारदा कुमाल, लक्ष्मी पोखरेल कोइराला, चन्द्रादेवी तामाङलगायतको उपस्थिति रहेको थियो ।