detail-img

दुर्गम हिमाली गाउँ भोटखोलाका जनताद्वारा मिसन ग्रासरुटलाई साँस्कृतिक झाँकीसहित स्वागत 

चैनपुर । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) लाई संखुवासभा जिल्लाको हिमाली गाउँ भोटखोला गाउँपालिकामा स्थानीय जनताले साँंस्कृतिक झाँकीसहित स्वागत गरेका छन् । 
पार्टी सुदृढीकरण तथा विस्तारको लागि मिसन ग्रासरुट कार्यक्रम लिएर नेकपा (एमाले) का नेताहरू भोटखोला गाउँपालिका पुग्दा स्थानीय जनताले खुशी व्यक्त गरेका छन् । अरु पार्टीका नेताको अनुहार गाउँमा चुनावको बेला मात्र देख्न पाइन्छ तर नेकपा (एमाले) का नेताका अनुहार गाउँमा अघि पछि पनि सधै देख्न पाइने स्थानीय बासिन्दाको भनाइ छ । 
भोटखोलामा केन्द्रीय प्रतिनिधिका रूपमा पार्टीका केन्द्रीय सदस्य पासाङ शेपा खटिनुभएको छ ।

 
मिसन ग्रासरुटको लागि भोटखोला पुग्नुभएका पार्टीका केन्द्रीय सदस्य पासाङ शेर्पाले छिमेकी मित्रराष्ट्र चीनसँगको व्यापारिक नाका खोल्ने नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा भएको र यस नाकालाई पूर्णरूपमा सञ्चालनको जिम्मा पनि नेकपा (एमाले) ले नै लिने विश्वास स्थानीय जनतालाई दिलाउनुभयो । 
नेता शेर्पाले भन्नुभयो– हामी हिमाली क्षेत्रका जनतालाई माया गर्ने भनेको यो देशको राजनेता केपी शर्मा ओलीले मात्र हो । मैले काठमाडांैमा उहाँसँग भेट्दा सधै हिमाली जनताका दुःखसुखका बिषयमा सोधी रहनुहुन्छ । 
अहिले पनि कमरेड केपी शर्मा ओलीले किमाथाङ्का, थुदाम लगायतका दुर्गमा हिमाली गाउँका जनताको लागि खाद्यान्न अभाव नहुने गरी व्यस्थापन गर्न कोशी प्रदेशका मुख्यमन्त्रीलाई भनि सक्नुभएको र प्रदेश सरकारले निकट भविष्यमा ति गाउँका लागि खाद्यान्न पठाउन लागेको जानकारी केन्द्रीय सदस्य शेर्पाले  बताउनुभएको थियो । 
किमाथाङ्का नाका मार्फत छिमेकी मित्रराष्ट्र चीनसँग जोडिएको गाउँपालिका भोटखोला गाउँपालिकामा यही २०७९ फागुन २३ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको र अभिमुखीकरण कार्यक्रमलाई स्थानीय जनताले उत्सवकै रूपमा टोलटोलसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।