detail-img

‘माओवादीका कारण देश दुर्घटनातर्फ’

बारा । नेकपा (एमाले) पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माआवादीका कारण देश दुर्घटनामा पर्न लागेको बताउनुभएको छ । 
उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढुलमुले नीति लिएको उल्लेख गर्दै नयाँ बनेको गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने नभई आफ्नो स्वार्थसिद्धिमात्र गर्ने भएकाले पार्टी कार्यकर्ताको एकताले नै यस्ता गठबन्धन परास्त पारिने वताउनुभयो । 
मिसन ग्रासरुट अभियान अन्तर्गत बारामा नेकपा (एमाले) जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आयोजित भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।
नेकपा (एमाले) वडा नम्बर १६ का अध्यक्ष हरिदेब खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा, राधेश्याम सिवाकोटी, चयन गुरुङ, प्रदेश सभा सदस्य रबिन्द्र श्रेष्ठ, जिल्ला कमिटी सचिवालय सदस्य अनिल मैनाली, रमेश सापकोटा, सीमा ठकुरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण रविन्द्रराज भण्डारीले गर्नुभएको थियो ।