detail-img

मिसन ग्रासरुटः रौतहटका विभिन्न पालिकामा कमिटी गठन, पुनर्गठन 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत रौतहट जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा पार्टीका नगर तथा गाउँ कमिटीहरू गठन भएका छन् । 
मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि पार्टीका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य प्रभु हजारा दुसाधको उपस्थितिमा विभिन्न कमिटीहरू गठन गरिएको हो ।

 

गौर नगरपालिकामा भैरव पटेलको संयोजकत्वमा ४५ सदस्यीय नेकपा (एमाले) नगर कमिटी गठन गरिएको छ । यसैगरी राजदेवी नगरपालिकामा  सञ्जय यादवको संयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । यमुनामाई गाउँपालिकामा शेख सौकतको संयोजकत्वमा २९ सदस्यीय नेकपा (एमाले) गाउँकमिटी गठन गरिएको छ । त्यस्तै परोह गाउँपालिकामा श्यामबालक पटेल संयोजक र शेख मोइद सहसंयोजक रहनुभएको २७ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । दुर्गा भगवती गाउँपालिकामा वीरेन्द्र यादवको संयोजकत्वमा ३१ सदस्यीय गाउँकमिटी गठन गरिएको छ । 
यसैगरी इसनाथ गाउँपालिकामा नेकपा (एमाले) गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलाले सन्तोष मेहताको संयोजकत्वमा ३१ सदस्यीय कमिटी पुनर्गठन गरेको छ । यस्तै माधवनारायण गाउँपालिकामा उपेन्द्र साह संयोजक रहनुभएको २७ सदस्यीय गाउँकमिटी गठन गरिएको छ । 
विभिन्न पालिकाका भेला, बैठक र कमिटी गठन पुनर्गठनमा पार्टीका केन्द्रीय प्रतिनिधिका साथै प्रदेश कमिटी सदस्यहरू रामपुकार दास, रुपनारायण दास, जयचन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।