detail-img

‘मुलुकलाई सङ्कटबाट जोगाउन एमालेलाई बलियो बनाउनुपर्ने’ 

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको काठमाडौंमा उपलब्ध केन्दीय सदस्यहरूको बैठक सम्पन्न भएको छ । 
बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुक गम्भीर सङ्कटबाट गुज्रिइरहेको बताउँदै पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । मुलुकलाई सङ्कटबाट जोगाउन नेकपा (एमाले) ले संगठन बलियो र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।  बैठकमा नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउँदै मिसन ग्रासरूट अभियानले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 
सचिव विष्टले पार्टीहरू जनताको बीचबाटै स्थापित हुने भएकाले एमाले जनताको बीचमा जान लागेको बताउँदैे अभियानका क्रममा कार्यकर्ताबीच सैद्धान्तिक र वैचारिक रूपमा छलफल चलाउने र पार्टीले लिएको लक्ष प्राप्तिका लागि तय गरेको कार्यदिशामा लाग्न यो अभियान प्रभावकारी हुने बताउनुभयो ।  
बैठकमा स्थायी कमिटी सदस्यहरू  काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, केन्द्रीय सदस्यहरू  रचना खड्का, केशव पाण्डेको  उपस्थिति रहेको थियो । संगठनका  अध्यक्ष एल पि सांवाको अध्यक्षतामा बैठक सम्पन्न  भएको थियो ।