detail-img

जुम्लाको पातारासीमा कमिटी गठन 

जुम्ला । नेकपा (एमाले) को मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत आज जुम्लाको पातारासी गाउँपालिका–४ मा पुन्न एडीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ ।  नवगठित २१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रामबहादुर बुढा, सचिव रतन बहादुर बुढा, उपसचिव नन्नकली बुढा र सुग बहादुर बुढा रहनुभएको छ । 
कमिटीका पदाधिकारीलाई पार्टीका केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेसनल) ले शपथ ग्रहण गरानउनुका साथै प्रशिक्षण दिनु भएको थियोे । 
उक्त प्रशिक्षणमा शाहीले नेकपा (एमाले) बलियो हुनु नै देश बलियो हुने कुरा भएकाले अधिकतम रुपमा जनतालाई पार्टीमा गोलबन्ध गर्नुपर्ने वताउनुभएको थियो । उक्त कार्यक्रममा कर्णाली  प्रदेश कमिटी सदस्य जय बहादुर खत्री, हंस रोकाय लगायत नेताहरूले अभियानका बारेमा बोल्नु भएको थियोे ।


यसैगरी, जुम्लाको गोठीचौर गाउँपालिका– ५ मा शनिबार पार्टी सुदृढीकरण, संगठन विस्तार र परिचालन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेशनल), प्रदेश कमिटी सदस्य जय बहादुर खत्री, नन्दलाल रोकाय, जिल्ला कमिटीका उपसचिव प्रेम बुढा, लगायत अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियोे । टोल कमिटीका अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैको पार्टी सदस्यता नवीकरण गरिएको छ ।