detail-img

कोहलपुर नगर कमिटीको पूर्ण बैठक सम्पन्न

नेपालगञ्ज । पार्टीको मिशन ग्रासरुटअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीको उपस्थिति र नेकपा (एमाले) कोहलपुर नगरकमिटीका अध्यक्ष नमप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकमा मिसन ग्रासरुटको रिपोर्टिङ गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ । बैठकमा ज्ञवाली, जिल्ला अध्यक्ष किस्मत कक्षपतिलगायत नेताहरूले प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो । बैठकले स्ववियु निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । 
यसैबीच, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेकपा (एमाले) नगर कमिटीको आयोजनामा मिसन ग्रासरुट अन्तर्गत सबै वडाका वडा कमिटी अध्यक्ष, संयोजक, सहसंयोजक र पदाधिकारीसहितको विस्तारित समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला अध्यक्ष किस्मत कक्षपति र प्रदेश कमिटी सदस्यहरुको उपस्थिति थियो ।