detail-img

काठमाडौंको गोकर्णेश्वरमा मध्यवधि समीक्षा

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को मध्यावधि समीक्षा सुरु भएको छ । 
गत २०७९ फागुन ५ गतेदेखि सुरु भएको अभियानको एकमहिना पूरा भएको हुँदा हालसम्मको कामको समीक्षा गर्दै बाँकी अवधिका लागि कार्ययोजना बनाई अगाडि बढ्ने क्रम चलिरहेको छ । 
यसै क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा (एमाले) नगर कमिटीको समीक्षा बैठक  मङ्गलबार सम्पन्न भएको छ ।

 
पार्टीका केन्द्रीय सदस्य तथा अभियानका लागि केन्द्रीय प्रतिनिधि रचना खड्काको उपस्थितिमा भएको समीक्षा बैठकमा गत एकमहिनामा गरिएका कामका बारेमा छलफल भएको थियो । 
गोकर्णेश्वर नगरपालिकामा गत एकमहिनाको अवधिमा सबै वडा कमिटी (९ वटै)का बैठक सम्पन्न भएका छन् भने वडा अन्तर्गत टोल कमिटीका बैठक बस्न थालेका छन् । त्यसैगरी जनसंगठनका भेला, बैठक तथा पार्टी कमिटी र जनप्रतिनिधिबीच अन्तर्क्रिया लगायतका गतिविधि सम्पन्न भएका छन् । पार्टी सदस्यता नवीकरणको काम सुरु भएको र लामो समयसम्म सदस्यता नवीकरण नगरेका पार्टी सदस्यहरू पनि स्वयं उपस्थित भएर सदस्यता नवीकरण गराएको पार्टीका केन्द्रीय सदस्य रचना खड्काले वताउनुभयो । 
बैठकमा सहभागीहरूले पार्टीलाई माया गर्नेहरूलाई सम्मानका साथ सल्लाकारको भूमिकामा राखेर सक्रिय हुन चाहनेहरूलाई कमिटीको जिम्मेवारी दिँदा पार्टी काम प्रभावकारी हुने सुझाव राख्नुभएको थियो । 
गोकर्णेश्वरमा चैत २० गतेसम्म वडा र टोलतहका काम सम्पन्न गरी पालिका तहका कार्यक्रम त्यसपछि गर्ने कार्ययोजना रहेको छ । मिसन ग्रासरुट अन्तर्गत गोकर्णेश्वरमा पार्टीमा योगदान गर्नुभएका अग्रजहरूसँग अन्तक्रिया र उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 
नेकपा (एमाले) गोकर्णेश्वर  नगर कमिटीका अध्यक्ष उद्धव विष्टको अध्यक्षतामा भएको समीक्षा बैठकमा काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष नवराज पराजुली, सदस्य कृष्ण बजगाईं लगायतको उपस्थिति रहेको थियो । बैठकमा नगरकमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, सचिव र इन्चार्जहरूको सहभागिता रहेको थियो । बैठक सञ्चालन नगर कमिटीका सचिव राजु राना मगरले गर्नुभएको थियो ।