detail-img

  सुदूरपशिचमका नौ जिल्ला, कहाँ के भयो ? 

धनगढी । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा उत्साहका साथ भेला, बैठक, अभिमुखीकरण लगायतका गतिविधि सम्पन्न भएका छन् ।


कैलाली 
कैलाली जिल्लामा मिसन ग्रासरुट अन्तर्गत २०७९ चैत ८ गतेसम्म जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न गरी जिल्ला कमिटीका सदस्यहरूलाई अन्तर्गतका पालिकामा खटाउने काम सम्पन्न भएको छ ।
जिल्लाका १३ वटै स्थानीय तहमा पालिकास्तरीय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । १३ वटै स्थानीय तहका १२६ वडामा वडा कमिटीको बैठक बसेर टोल कमिटीहरू गठन गर्ने कामहरू भइरहेको पार्टीका कैलाली सचिव डेजी पाण्डेयले जानकारी दिनुभयो । 
सचिव पाण्डेयका अनुसार हालसम्म सबै पालिकामा गरी २५० वटा टोल कमिटीहरू गठन गरिएका छन् । 
धनगढी उप महानगरपालिकामा पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज गणेश सिंह ठगुन्नाको उपस्थितिमा वडा नम्बर १ र ७ मा वडा अधिबेशन समेत सम्पन्न भएको छ । 
पार्टीका सबै जनसंगठनहरूको संयुक्त नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा सम्पन्न भएको छ । 
संगठित सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण पनि भइरहेको र त्यसको विवरण अद्यावधि गर्न बाँकी रहेको जिल्ला कमिटीका सचिव पाण्डेयले जानकारी दिन्भयो । कैलालीमा पोलिटव्यरो सदस्य गणेश सिंह ठगुन्ना, निरु पाल, केन्द्रीय सदस्य लालबहादुर थापा, कमला बोहरा र इन्दु कडरिया केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएको छ । कैलालीमा पार्टी सचिव तथा प्रदेश इञ्चार्जको उपस्थितिमा मिसन ग्रासरुटको प्रारम्भिक समीक्षा पनि गरिएको छ । 

कञ्चनपुर
कञ्चनपुर जिल्लामा जिल्ला कमिटीको विस्तारित बैठकसँगै सबै ९ वटा स्थानीय तहमा पालिकास्तरीय कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न भएका छन् । 
सबै स्थानीय तहमा वडा कमिटीका बैठकहरू सञ्चालन भइरहेको र संगसंगै टोल कमिटीहरू गठनको काम समेत अगाडि बढेको जिल्ला कमिटीका सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । कञ्चनपुरमा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिकामा वडा कमिटीका बैठकहरू सकिएर टोल कमिटी गठन गर्ने र जनसंगठनहरूका भेलाहरू आयोजना भइरहेको सचिव भट्टले वताउनुभयो । कञ्चनपुरमा पोलिटव्यूरो सदस्य नारदमुनि राना, लिला भण्डारी केन्द्रीय सदस्य झपट रावल र सहदेव बोगटी तथा पबित्रा तिमिल्सिना केन्द्रीय प्रतिनिधि हुनुहुन्छ ।  

डडेल्धुरा 
डडेल्धुरामा जिल्ला कमिटी बैठक सम्पन्न भएपछि जिल्लालाई दुई क्लष्टरमा बिभाजन गरी मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भइरहेको छ । एउटा क्लष्टरमा भित्री मधेशको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई राखिएको छ । यस क्लष्टरका केन्द्रीय प्रतिनिधिको रूपमा केन्द्रीय सदस्य भैरवबहादुर सिंह रहनुभएको छ । अर्को क्लष्टरमा सदरमुकाम रहेको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका रहेका छन् । यो क्लष्टरमा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य झपट बोहरा हुनुहुन्छ । 
सबै सातवटै पालिकामा पालिकास्तरीय कमिटीको बैठक सम्पन्न भएका छन् । परशुराम नगरपालिकाका सबै ११ वटै वडामा वडा कमिटीका बैठक सम्पन्न भई टोल कमिटी गठन गर्ने र संगठित सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणका कामहरू भइरहेको पार्टीका जिल्ला कमिटीका सचिव गजेन्द्र शाहीले जानकारी दिनुभयो । आलिताल गाउँपालिकामा ८ मध्ये ७ वडामा, भागेश्वर गाउँपालिकामा सबै ५ वटै वडामा, अजयमेरु गाउँपालिकामा ६ मध्ये ३ वडामा नवदुर्गा गाउँपालिकामा ५ मध्ये ३ वडामा र अमरगढी नगरपालिकाका सबै ११ वटै वडामा वडा कमिटीका बैठकहरू सम्पन्न भई टोल कमिटी गठन गर्ने काम भइरहेको सचिव शाहीले वताउनुभयो ।  

बैतडी
बैतडीमा जिल्ला कमिटीको बैठक सम्पन्न भई सबै १० वटै स्थानीय तहमा पालिकास्तरीय कमिटीका बैठक सम्पन्न भएका छन् । पार्टीका जिल्ला कमिटी उप सचिव लोकेन्द्र भण्डारीका अनुसार सबै पालिकाका सबै ८४ वडा कमिटीका बैठकहरू सम्पन्न भइसकेका छन् । टोल कमिटीहरू मिसन ग्रासरुट कार्यक्रम सञ्चालन हुनुपूर्व नै गठन गरिएकाले ती कमिटीका पनि बैठक बसेर सदस्यता नवीकरण, नयाँ सदस्यता बितरण भइरहेको उप सचिव भण्डारीले जानकारी दिनुभयो । 
बैतडीमा जनसंगठनहरूमध्ये नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघका जिल्लास्तरीय भेला तथा बैठक समेत सम्पन्न भएका छन् । अनेरास्ववियु जिल्लाका बिभिन्न क्याम्पसमा भएका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लक्षित भएका कारण विद्यार्थीको भेला चैत १५ गते आयोजना गर्ने तयारी भएको उप सचिव भण्डारीले जानकारी दिनुभयो । बैतडीमा केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य नर बहादुर धामी, पठान सिंह बोहरा, अफिलाल ओखेडा र सन्तोष कुमारी शर्मा थापा रहनुभएको छ ।  

दार्चुला 
दार्चुलामा जिल्ला कमिटीको बैठकबाट दिइएको जिम्मेवारी अनुसार सबै ९ वटै स्थानीय तहका सबै ६१ वटा वडाहरूमा कमिटीका बैठक बसेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पहिलो चरणका सबै कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणमा संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता बितरणको काम भइरहेको जिल्ला कमिटीका उप सचिव खडक बडालले जानकारी दिनुभयो । दोस्रो चरणमा जनसंगठनहरूका भेला तथा प्रशिक्षण समेत आयोजना गरिने उहाँले वताउनुभयो ।  दार्चुलामा मिसन ग्रासरुटमा केन्द्रीय सदस्य ऐन महर, पुरनसिंह दयाल र कृपाराम राना केन्द्रीय प्रतिनिधिका रूपमा खट्नुभएको छ । 

बझाङ 
बझाङमा जिल्ला कमिटीको बैठकबाट सबै १२ वटा स्थानीय तहमा जिल्ला कमिटीका सदस्यहरूलाई खटाउने काम सम्पन्न भएको छ । सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकामा पालिकास्तरीय कमिटीको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । यस्तै छबिस पाथेभरा गाउँपालिकामा पनि पालिका कमिटीको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका र छबिस पाथेभरा गाउँपालिकामा सबै वडामा  पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । 
तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका र सुर्मा गाउँपालिकामा स्थानीय तह स्तरीय कमिटीका बैठक र प्रशिक्षण सम्पन्न भई वडाहरूमा कार्यक्रम सञ्चालन भइरहेको पार्टी बझाङ जिल्ला कमिटीका सचिव आनन्दलाल बिश्वकर्माले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा पालिकास्तरीय कमिटीको बैठक बस्ने तयारी भइरहेको उहाँले वताउनुभयो । बझाङमा केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रकाश बहादुर शाह, बसुन्धरा रोकाया र तारा लामा तामाङ केन्द्रीय प्रतिनिधिका रुपमा  खटिनुभएको छ ।  

बाजुरा 
बाजुरामा जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार सबै ९ वटै स्थानीय तहका सबै वडाहरूमा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । नेकपा (.एमाले) बाजुरा पार्टी कार्यालयका सचिव काशी बिकले दिएको जानकारी अनुसार मिसन ग्रासरुटका पहिलो चरणका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् । हाल दोस्रो चरणमा संगठित सदस्यता नवीकरण, नयाँ सदस्यता बितरण र जनसंगठनका पालिकास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । 
बाजुरामा पार्टी पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इञ्चार्ज राजेन्द्र सिंह रावल, केन्द्रीय सदस्य यज्ञ बोगटी र केन्द्रीय अनुशासन आयोगका सदस्य हर्क बहादुर कुँवर (गोबिन्द) केन्द्रीय प्रतिनिधिका रुपमा हुनुहुन्छ । 

डोटी
डोटीमा जिल्ला कमिटीको बैठकबाट भएको निर्णय अनुसार सबै ९ वटै स्थानीय तहमा पार्टी कमिटीका बैठकहरू सम्पन्न भएका छन् । जिल्ला कमिटीका सचिव शेर बहादुर मल्लका अनुसार बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका र शिखर नगरपालिकाका ७ र ९ नम्बर वडाबाहेक सबै वडामा वडास्तरीय कार्यक्रम सम्पन्न भएका छन् । 
वडा स्तरमा कार्यक्रम भइसकेका वडाहरूमा टोल कमिटीहरू गठन गर्ने, संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता बितरणको काम भइरहेको सचिव मल्लले जानकारी दिनुभयो  । 
मिसन ग्रासरुटकै क्रममा पार्टीको शिखर नगरपालिका स्तरीय कमिटीले २२ हजार, बडिकेदार गाउँ कमिटीले ७२ हजार, जोरायल गाउँ कमिटीले १ लाख ३ हजार बराबरको पार्टी स्थानीय कोष बनाएर रकम जम्मा गरेको सचिव मल्लले वताउनुभयो । डोटीमा पार्टी केन्द्रीय प्रतिनिधिको रूपमा केन्द्रीय सदस्य गौरीशंकर चौधरी, कमला ओली, केन्द्रीय अनुशासन आयोगका सदस्य दीपक प्रसाद देवकोटा र पदम राज जोशी रहनुभएको छ ।  

अछाम 
अछाममा जिल्ला कमिटी र सबै १० वटा पालिका कमिटीका बैठकहरू सम्पन्न भएका छन् । सबै स्थानीय तहका वडा कमिटीका बैठकहरू पनि सम्पन्न भई टोल कमिटी गठन गर्ने काम शुरु भएको नेकपा (एमाले) अछामका सचिव भीम बहादुर रावलले जानकारी दिनुभयो ।  
सचिव रावलका अनुसार बैठक र प्रशिक्षण भेला सकेर सदस्यता नवीकरण र नयाँ सदस्यता बितरणको काम अघि बढेको छ । जनसंगठनका स्थानीय तह स्तरीय कमिटीहरूका भेला, अधिबेशन र कमिटी पुनर्गठनका कामहरू पनि भइरहेको सचिव रावलले बताउनुभयो । अछाममा केन्द्रीय प्रतिनिधिको रूपमा पोलिटव्यूरो सदस्य गौरी ओली, केन्द्रीय सदस्य दयाल बहादुर शाही र आशा बिक खटिरहनुभएको छ ।