detail-img

प्रमुख दलका शीर्ष नेताहरूको बैठक सम्पन्न

काठमाडौं । । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सोमबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्यो । बैठकमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने बिषयमा सहमति भएको वताइएको छ ।

 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित हुनुहुन्थ्यो । 
बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र संसदका समितिहरूलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो ।