detail-img

सचिवालय बैठक शुरू

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको छ ।
बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूका कामको व्यवस्थापन लगायतका कार्यसूचीमा छलफल हुनेछ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयको शनिबार बसेको बैठकले कार्यसूची तयार गरेको थियो ।