detail-img

ज्येष्ठ नागरिक देश–दर्शन कार्यक्रमको सातौं श्रृङ्खला सम्पन्न 


विराटनगर  । मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने ज्येष्ठ नागरिक देश–दर्शन कार्यक्रमको सातौं श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ । 
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा २०७९ असार २२ गते विराटनगरमा यसबर्षको सो कार्यक्रम समापन गरियो । 
प्रदेश–१ अन्तर्गत इलाम, ओखलढुङ्गा, सुनसरी, खोटाङ, मोरङलगायत विभिन्न जिल्लाका ज्येष्ठ नागरिकहरू सहभागी उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको  जेष्ठ नागरिक देश–दर्शन कार्यक्रमका सह–संयोजक सत्यनाराण्ण चौधरीले जानकारी दिनुभयो । 
असार १९ देखि शुरु भएको कार्यक्रम विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरी २२ गते समापन भएको प्रतिष्ठानका सदस्य समेत रहनुभएका चौधरीले जानकारी दिनुभयो । 
३४ जना जेष्ठ नागरिक सहभागी रहनुभएको देश–दर्शन कार्यक्रम विराटनगरबाट शुरु भई चितवनको सौराहा, देवघाट, जनकपुरधाम लगायतका स्थलको अवलोकन भ्रमण गरी विराटनगर फर्किएको चौधरीले वताउनुभयो । देश–दर्शन कार्यक्रमको टोलीलाई विराटनगरमा पञ्चेबाजा बजाएर विदाई र स्वागत गरिएको थियो ।  
जेष्ठ नागरिकलाई प्राकृतिक रमणीय ठाउँ घुमाएको चौधरीले जानकारी दिनुभयो । ‘चितवनमा घडियाल गोही, बाघ देखायौँ, उहाँहरू गैँडासँग खेल्न पाउँदा रमाउनुभयो ।’ 
चौधरीले भन्नुभयो, ‘राप्ती नदीमा घडियाल गोही हेरेर खुशी हुनुभयो । जनकपुरधाम पुग्यौँ । जानकी मन्दिर घुमायौँ । ंत्यहाँ संग्रहालय देखायौँ, महन्तसँग कुराकानी भयो । रामजानकी मन्दिर घुम्यौँ, रमाइयो, रामको जन्ती आउने ठाउँ पनि देखायौँ । गढीमाई मन्दिर घुमायौँ ।’