detail-img

बाजुराको बुढीगंगामा नेकपा (एमाले) विजयी 


बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले ) विजयी भएको छ । 
आज सम्पन्न मतगणना परिणामअनुसार नगरप्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ चारहजार ७७७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले तीन हजार ७७४ मत प्राप्त गर्नुभयो । 
यसैगरी उपप्रमुखमा एमालेकी उम्मेदवार मायाकुमारी खड्काले चारहजार ७२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रीता शाहीले तीन हजार ७५५ मत प्राप्त गर्नुभयो । 
नगरपालिकाका १० वटा वडामध्ये ७ वटा वडामा अध्यक्षसहित एमालेका  उम्मेदवार विजयी भएका छन् । योसँगै स्थानीय तहमा एमालेको विजयी सिट संख्या २०६ पुगेको छ ।