detail-img

सांसद भट्टराई उपसभामुख उम्मेदवार


काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख पदका लागि शुक्रबार हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) बाट सांसद विद्या भट्टराई उम्मेदवार बन्नुभएको छ । 
कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद भट्टराईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । 
उपसभामुख पदको निर्वाचनका लागि प्रकाशित निर्वाचन तालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता आज असार ३० गतेलाई तोकिएको थियो भने भोलि ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा मतदान हुनेछ ।  
सत्ता गठबन्धन दलहरूका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार हुनुहुन्छ ।