detail-img

‘सरकारको एकबर्ष समयको बर्बादीमात्र’ 


काठमाडौैं । नेकपा (एमाले) ले संविधानको गलत व्याख्याबाट बनेको वर्तमान पाँच दलीय गठबन्धन सरकारको एकबर्षको कार्यकाल पूर्णतः असफल र समयको बर्बादीमात्र भएको जनाएको छ । 
पार्टीको स्वास्थ्य विभागद्वारा पार्टी कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको प्राथमिकता ‘खोप खोप खोप’ भन्नुभएको र २०७८ चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने भने पनि अहिलेसम्म ४० प्रतिशत नेपाली नागरिकले खोप नपाउनु सरकारको असफलता भएको वताउनुभयो ।   
कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेको र नष्ट हुने अवस्थामा पनि सरकारले सबै नागरिकलाई खोप लगाउने काममा बेवास्ता गरेको, स्वास्थ्य बीमा कार्यक्रम रोकेको, कोरोना बीमाको रकम छ अर्ब रुपियाँ भुक्तानी नगरेको, अघिल्लो सरकारले शुरु गरेको देशभरि अस्पताल निर्माण, हरेक प्रदेशमा ट्रमा सेन्टर निर्माण गर्ने कार्य रोकेको वताउँदै सचिव भट्टराईले जनमुखी कार्यक्रमहरु रोकिनु दुःखद हो भन्नुभयो । 
सरकारले एकबर्षको कार्यकालमा संविधानमा उल्लेख गरिएको खासगरी स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा छेउ टुप्पो नै फेला पार्न नसकेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाएको छ ।  
एमालेको स्वास्थ्य विभागले स्वास्थ्य क्षेत्रमा सरकारका २६ असफल काम उल्लेखित प्रेस विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोला ।