detail-img

जसपाका केन्द्रीय नेताहरूलाई पार्टीमा स्वागत 

 

काठमाडौं । जनता समाजवादी पार्टीका दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई आज पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गर्नुभयो । 
एमालेमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्य ममता मिश्र पाठक र विमला भट्टराई हुनुहुन्छ । 
सो अवसरमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि हाम्रो पार्टीलाई बलियो शक्तिका रुपमा विकास गर्नका लागि यहाँहरूको भूमिका महत्वपूर्ण हुनेछ भन्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आज त्यो घृणा समर्थनमा बदलिएको छ । 
मधेशमा अहिले हाम्रो पार्टीप्रति व्यापक जनलहर चलिरहेको छ । आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिले रोक्न नसक्ने महासचिवले वताउनुभयो ।
उहाँले भन्नुभयो– तपाईंहरूको प्रवेश राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा कोशेढुंगा सावित हुनेछ ।  
एमालेमा प्रवेश गर्नुभएकाहरूका तर्फबाट जसपाका संघीय परिषद् सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता र एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको वताउनुभयो ।