detail-img

अध्यक्षसँग फ्रान्सका राजदूतद्वारा शिष्टाचार भेट


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले आज पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट गर्नुभयो । 
भेटमा दुई देशबीचको मैत्रीपूर्ण दैत्य सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको थियो । 
छलफलका क्रममा फ्रान्सको राष्ट्रपतीय निर्वाचनका बारेमा जानकारी गराउँदै राजदूत जिलले नेपालको स्थानीय तह निर्वाचनका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष ओलीले राजदूत जिलको जिज्ञासाको जवाफ दिनुभएको थियो । 
सो अवसरमा अध्यक्ष ओलीलाई राजदूत जिलले पहिलो फ्रान्सेली सगरमाथा आरोही पीर माजाउले पठाउनुभएको शुभकामना पत्र प्रदान गर्नुभएको थियो ।