detail-img

‘निर्वाचनमा एमालेले गठबन्धन गर्दैन’ 


विराटनगर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएकोे बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृृद्धि, देश बनाउने सपना जागृत गर्ने बिषयहरूमा सरकार नालायक सावित भएको बताउनुभएको हो । 
उहाँले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो “राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन ।” उहाँले स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने प्रष्ट पार्नुभयो । 
बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई थियो । उहाँले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने बताउनुभयो । 
सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाईं थियो ।