detail-img

प्रदेश–१ का नेता, कार्यकर्तालाई  निर्वाचनमा जुट्न निर्देशन


विराटनगर । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रदेश– १ का नेता, कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रित काममा जुट्न निर्देशन दिनुभएको छ । 
पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण तथा विस्तारित बैठकलाई मङ्गलबार सम्वोधन गर्दै उहाँले तीन ‘अ’ लाई ध्यान दिन निर्देशन दिनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले असन्तुष्टीको सुनुवाई, असमझदारी बीच समझदारी  कायम र अन्तर्घात गर्नेलाई कारवाही गरेर अघि बढ्न निर्देशन दिनुभएको नेकपा एमाले प्रदेश– १ का प्रचार विभाग प्रमुख घनश्याम खतिवडाले बताउनुभयो । 
कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङ्गले संसदीय गतिविधिमा एमालेको भूमिकाका बारेमा प्रशिक्षण दिनुभयो । 
संगठनलाई एकताबद्ध बनाएर प्रदेश–१ मा चुनावी अभियान सञ्चालन गर्ने प्रतिवद्धताका साथ कार्यक्रम सम्पन्न भएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
काँग्रेस क्षेत्रीय प्रतिनिधिलाई स्वागत 
नेपाली काँग्रेस, मोरङकी क्षेत्रीय प्रतिनिधि राधादेवी मण्डल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
पार्टीको प्रशिक्षण तथा विस्तारित बैठकमा बरिष्ठ उपाध्यक्ष पोखरेलले मण्डललाई पार्टीमा स्वागत गर्नुभयो । 
मण्डल मोरङको रंगेली नगरपालिकामा २०७४ सालको उपमेयर उम्मेदवार हुनुहुन्थ्यो । उहाँसँगै मैथली कलाकार वीरेन्द्र झा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।