detail-img

क.पुष्पलालको स्मृति दिवसमा कार्यक्रम 

काठमाडौं । नेकपा (एमाले) ले साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालको ४४ औं स्मृति दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ । 
महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले क.पुष्पलालको योगदानलार्ई स्मरण र चीर स्थायी बनाउन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 
केन्द्रीय तहमा काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखामा रहेको क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुहुने कार्यक्रम  छ । कार्यक्रम विहान ८ बजेका लागि तय गरिएको र श्रद्धाञ्जली अर्पणपछि पार्टी अध्यक्षले सम्वोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।