detail-img

जिफण्टको अध्यक्षमा श्रेष्ठ 

काठमाडौं । नेकपा (एमाले) को जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को आठौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ । 
महाधिवेशनबाट अध्यक्षमा विनोद श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । 
राजधानीमा सोमबार  सम्पन्न महाधिवेशनले उहाँलाई अध्यक्षमा सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको हो । श्रेष्ठ नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ । 
महाधिवेशनले ५७ सदस्यीय राष्ट्रिय समितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित गरेको छ । 
नयाँ कार्य समितिका सात उपाध्यक्षमा रमेश वडाल, विदुर कार्की, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु थापा, सीता लामा र जनक चौधरी हुनुहुन्छ । 
महासचिवमा लक्ष्मण शर्मा निर्वाचित हुनुभएको छ भने उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ हुनुहुन्छ ।  त्यस्तै, सातजना सचिवमा स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, कृष्णबहादुर केसी, हरिबहादुर कार्की, बेलीमाया घले, विजया खड्का र तारानिधि पन्त निर्वाचित हुनुभएको छ ।

महाधिवेशनले जिफण्टका पूर्व अध्यक्ष विष्णु रिमाललाई संरक्षक चयन गरेको छ । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही साउन ७ गते ललितपुरको गोदावरीमा महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । महाधिवेशनको बन्द सत्रमा महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । उपमहासचिव तथा जिफण्टका पूर्व अध्यक्ष विष्णु रिमाल अध्यक्ष रहनुभएकोे अध्यक्ष मण्डलले महाधिवेशनको बन्दसत्रका सबै प्रक्रिया सम्पन्न गरेको थियो ।