detail-img

खीर खाने कार्यक्रम सम्पन्न 

च्यासल (ललितपुर) । आज साउन १५ गते । नेपाली सँस्कृति अनुसार खीर खाने दिन । यस अवसरमा नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालयमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गर्यो । 
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति तथा संस्कृतिविद् प्रा.डा. जगमान गुरूङ, सदस्य–सचिव जगतप्रसाद उपाध्याय, बरिष्ठ कलाकारहरू किरण चित्रकार, के के कर्माचार्य, प्रा.डा. प्रेम खत्री, नन्दकृष्ण जोशी, लय सङ्ग्रौला जीवन राजभण्डारी, डा. भक्त राई, मिथिलादेवी यादवलगायत विशिष्ठ महानुभावहरू सहभागी हुनुहुन्थ्यो । 
सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा समाजको सुप्रबन्धका लागि धेरै साँस्कृतिक परम्परा रहेका र त्यसमध्ये खीर खाने सँस्कृति एक भएको वताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामी आर्थिक रूपमा गरिब हौंला तर साँस्कृतिक रूपमा धेरै धनी र सम्पन्न छौं । 
पार्टीको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रमको अध्यक्षता स्थायी कमिटी सदस्य तथा विभागका प्रमुख रघुजी पन्तको गर्नुभएको थियो । कार्यक्रममा कवि, साहित्यकार, लेखक, कलाकारहरूको सहभागिता रहेको थियो ।