detail-img

एमाले लयमा फर्कियोः उपमहासचिव ज्ञवाली 

३० कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पङ्क्ति लयमा फर्किएको बताउनुभएको छ । 
काठमाडौंमा आज जनसंगठन समन्वय संयन्त्रको आयोजनामा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको बिशेष बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाबिहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताउनुभयो । 
जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको उहाँले बताउनुभयो । जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान बनेको उहाँले बताउनुभयो ।
बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटी इञ्चार्ज सुजिता शाक्य, भक्तपुर जिल्ला इञ्चार्ज महेश बस्नेत र काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले मङ्सिर ५ गते आयोजना गर्न लागिएको  स्वयंसेवकहरूको राष्ट्रिय भेला र मङ्सिर ६ गते काठमाडांैमा आयोजना गर्न लागिएको विशेष प्रदर्शनको तयारी सम्बन्धी विस्तृत जानकारी गराउनुभयो ।