८ पुस (२०८२), काठमाडौं । २०८२ फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा आज राष्ट्रपति भवन, शीतल निवासमा सरकार र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच परामर्श भएको छ ।
परामर्शमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो । छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो ।
छलफलमा राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिनुभयो ।