१२ पुस (२०८२), काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो ।
छलफलमा दलका शीर्ष नेताहरूले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण अझै नबनेको र सुरक्षा चुनौती रहेको भन्दै सरकारले सुरक्षाको ग्यारेण्टीका साथै भयरहित र शान्तिपूर्ण वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ ।