detail-img

समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाइयो

१४ पुस (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टीका तर्फबाट केन्द्रीय सदस्य निरज आचार्यको नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा ११० जनाको सूची दर्ता गराएको छ । 
पार्टीको केन्द्रीय सचिवालयको हिजो पुस १३ गते बसेको बैठकले समानुपातिक सूची बुझाउने निर्णय गरेको थियो ।