detail-img

महासचिव पोखरेलद्वारा सूर्यमा मतदान गर्न अपिल  

१७ फागुन (२०८२), दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले यही फागुन २१ गते हुने निर्वाचनमा सूर्यचिन्हमा मतदान गरिदिन आम मतदातासँग अपिल गर्नुभएको छ ।  महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अपिल गर्नुभएको हो । 
महासचिव पोखरेलले फेसवुकमा लेख्नुभएको छ– 
दाङ क्षेत्र नम्बर २ का आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू !
दाङको उज्यालो भविष्य र सिङ्गो देशको स्थायित्वको यो निर्णायक घडीमा, आगामी फागुन २१ गते विकास र सुशासनको प्रतीक सूर्य चिन्हमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन दुई हात जोडेर विनम्र अपिल गर्दछु ।
उहाँले आफू एउटा दृढ सङ्कल्प र स्पष्ट खाका लिएर उभिएको उल्लेख गर्दै आफ्नो राजनीतिक जीवनको एउटै मात्र लक्ष्य जन्मभूमिको विकास, पार्टीको सुदृढ संगठन र सिङ्गो राष्ट्रको समृद्धि भएको स्पष्ट गर्नुभएको छ । 
महासचिव पोखरेलले भन्नुभएको छ– दाङको माटोले मलाई हुर्कायो, यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ९च्ब्ज्क्० देखि फराकिला सडकसम्मका योजनाहरू हाम्रै सङ्कल्पका उपज हुन् । अब दाङलाई सिकलसेल मुक्त र आधुनिक विकासको नमुना बनाउने मेरो पहिलो दायित्व हो ।
एमालेको वैचारिक र सांगठनिक नेतृत्व गर्दै राष्ट्रिय राजनीतिलाई अस्थिरताबाट मुक्त गरी देशलाई सुशासन र समृद्धिको बाटोमा डोर्याउने गहन राष्ट्रिय अभिभारा पनि आफ्नो काँधमा आएको अपिलमा उल्लेख गर्नुभएको छ । दाङको विकासदेखि राष्ट्रको नेतृत्वसम्मको यात्रामा जनताले गरेको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उहाँको भनाइ छ ।