१८ फागुन (२०८२), दमक । झापा क्षेत्र नं. ५ मा पर्ने गौरीगञ्ज–३ ठेकटोलाका ३५ परिवारका १२० जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
यो देशमा एमाले बाहेक अरु कुनै पनि राष्ट्रवादी शक्ति नरहेको ठहर गरी एमालेमा प्रवेश गरेको उनीहरूले जनाएका छन् ।
चुनावी प्रचारको अन्तिम दिन एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरुसँग भेट गर्नु भएको छ । यस अघि समेत विभिन्न टोलबाट रास्वपा लगायत विभिन्न दल परित्याग गरी झापा–५ मा एकहजार भन्दा बढी एमालेमा प्रवेश गरिसकेका छन् ।