detail-img

 सचिवालय बैठक– निर्वाचन घोषणा पत्र मस्यौदा कमिटी र निर्वाचन परिचालन कमिटी गठन

च्यासल (ललितपुर) । नेकपा (एमाले) सचिवालयको ११ औं बैठक विहीबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । 
बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको पार्टीका उपमहासचिव प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले वताउनुभयो । 
बैठकपछि निर्णयहरूबारे जानकारी गराउँदै उपमहासचिव गुरूङले भन्नुभयो– ‘बैठकले पार्टीे स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटव्यूरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौंमा बस्ने निर्णय गरेको छ ।’ 
साथै, सचिवालय बैठकले निम्नानुसार विभिन्न निर्णय गरेको छः
१. बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । 
२.बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरू र जनसंगठनका अध्यक्ष र महासचिवहरू रहनुभएको छ । 
३.बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी –झापा) हुनुहुन्छ । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ । 
४. बैठकले विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ । विभाग सचिवको जिम्मेवारी पाउनेहरूमा– सुन्दर भुसाल– उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल– युवा तथा खेलकुद विभाग, एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केवी उप्रेती–सहकारी तथा गरिबी निवारण विभाग, आरसी लामिछाने–भूमि व्यवस्था विभाग, सन्जीव रोकाहा– विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती–सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया शहरी विकास विभाग रहनुभएको छ । 
५.बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार, रामदयाल मण्डल– सहइन्चार्ज, मधेश प्रदेश, सरोज यादव– इन्चार्ज, महोत्तरी जिल्ला, प्रमोद नारायण यादव– सहइन्चार्ज, धनुषा जिल्ला, भीम कार्की– उपप्रमुख, भूमि व्यवस्था विभाग, कृष्ण थापा– इन्चार्ज कास्की जिल्ला रहनुभएको छ । 
६.बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् । 
७.बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ । साथै, पार्टीमा नवप्रवेशीहरुलाई संगठनमा व्यवस्थापन गर्नेबारेमा निर्णय गरेको छ । नवप्रवेशीहरुलाई जिम्मेवारी दिने सम्बन्धमा प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने छ ।