detail-img

एमाले हार्दा राष्ट्रवाद र समाजवादको हार हुन्छ–ज्ञवाली

नेपालगञ्ज । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।
‘एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुन्छ,’ नेकपा (एमाले) बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित वृहद कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।
उहाँले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उहाँको भनाई थियो ।  
कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा (एमाले) अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताउनुभयो ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल,  केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल , एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २(क) बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गर्नुभयो ।