detail-img

जनसंगठनका नेतृत्वलाई प्रशिक्षण

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले जनसंगठनका अगुवा नेता कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न गरेको छ । 
जनसंगठन समन्वय संयन्त्र, नेकपा (एमाले) मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । पार्टीसँग आवद्ध सबै  जनसंगठनका अगुवा नेता\ कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा पार्टीेका स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले गठबन्धन दलहरूले देशको राष्ट्रियता नै सङ्कटमा पारेको बताउनुभयो । 
कार्यक्रममा पार्टीका केद्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य भारती पाठक, बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्यहरू रघुनाथ खुलाल, एकराज उप्रेती, भोजराज ढकाल, देवराज रिमाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
जनसंगठन समन्वय संयन्त्र मकवानपुरका इन्चार्ज हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक मञ्च मकवानपुरका अध्यक्ष बाबुलाल थिङको नेतृत्वमा ३५ जना युवा एमाले प्रवेश गरेका थिए । उनीहरूलाई पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्वागत गर्नुभएको थियो ।