detail-img

मधेश प्रदेश सम्पर्क कमिटीको भेला तथा प्रशिक्षण सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटीद्वारा शनिवार राजधानीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो । 
उक्त भेला तथा प्रशिक्षणमा मधेश प्रदेश अन्तर्गत आठवटै जिल्लाका सम्पर्क कमिटीका पदाधिकारी लगायत अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 
पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य लालबाबु पण्डितले भेलामा सहभागी कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । 
उहाँहरूले आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त हुने गरी विजयी गराउने काममा आजैदेखि परिचालित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । 
एकातिर स्वार्थको गठजोडका रूपमा पाँचदलीय गठबन्धन रहेको र अर्कोतर्फ देश र जनताको हितका लागि क्रियाशील हाम्रो पार्टी एमाले रहेको चर्चा गर्दै नेताहरूले मुलुकलाई बर्बादीको दिशामा जानबाट रोक्न र देशलाई विकास तथा समृद्धिको दिशामा अगाडि बढाउन निर्वाचनमा पार्टीले विजय प्राप्त गरी सरकार गठन गर्नुपर्ने हुँदा एकताबद्ध रूपमा निर्वाचनमा खट्न आग्रह गर्नुभयो ।    
नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष मोहम्मद जाकिर हुसेनको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठ र सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले पनि प्रशिक्षण दिनुभएको थियो ।