detail-img

पूर्व गाउँपालिका उपाध्यक्ष थापामगर एमालेमा 

काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापामगर नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा थापामगरलाई  स्वागत गर्नुभयो ।  
नेकपा (माओवादी) केन्द्रबाट २०७४ सालको स्थानीय निर्वाचनमा उहाँ गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
हाल माओवादी केन्द्रको पालिका कमिटीको उपाध्यक्ष रहनुभएकी थापा मगर २०५६ सालदेखि माओवादी जनयुद्धमा लाग्नुभएकी सक्रिय रूपमा क्रियाशील कार्यकर्ता हुनुहुन्छ । 
जनवादी सत्ताका लागि जनयुद्ध लडेको माओवादी आज नेपाली काँग्रेससँग गठबन्धन गरेर गलत बाटोमा लागेका कारण असन्तुष्ट भई एमालेमा प्रवेश गरेको उहाँले वताउनुभयो ।


उहाँसँगै दाङबाट माओवादीका स्थानीय नेता लुमाकान्त घर्तीमगर पनि आजै एमालेमा प्रवेश गर्नुभएको छ ।