detail-img

नेपाली काँग्रेस र जसपा पर्साका नेताकार्यकर्तालाई पार्टीमा स्वागत

काठमाडौं । पर्सा जिल्लामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीमा क्रियाशील नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्नेमा विशेषगरी पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ का नेताकार्यकर्ता हुनुहुन्छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पर्सा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, सचिव रघुवीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले नेकपा (एमाले) देश बनाउने काममा लागिरहेको र यस राष्ट्रिय अभियानमा आज सरिक हुनुभएका सबैलाई स्वागत र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो–‘साथीहरूको प्रवेशले आउँदो निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ मा एमाले उम्मेदवारको विजय सुनिश्चित भएको छ भन्ने कुरामा म विश्वस्त भएको छु । त्यस क्षेत्रमा प्रतिनिधि सभाका साथै प्रदेश सभाका दुई सिटमा पनि विजय प्राप्त हुने छ । हामी आफूलाई केन्द्रमा राखेर होइन, पार्टीले जसलाई टिकट दिन्छ उसलाई एकताबद्ध भएर जिताउन लाग्नुपर्छ त्यसो गर्दा एमालेले नजित्ने ठाउँ छैन ।’ 
पार्टी प्रवेश गर्नेहरूमा नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति दिनानाथ साह तेली, पूर्व पालिका उपाध्यक्ष तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाउँपालिका अध्यक्ष निरराज गिरी हुनुहुन्छ ।  

त्यसैगरी जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष विजयकुमार चौरसिया, पूर्व पालिका अध्यक्ष तथा  प्रदेश कमिटी सदस्य श्रीलाल साह कानु एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्नेहरूको नामावली यस प्रकार छः
पर्सा निर्वाचन क्षेत्र नं. ३ पकाहामैनपुरबाटः 
मदन साह कानुु (वडाध्यक्ष, जसपा), सुवनारायण मेहता ( नेपाल सुशासन पार्टीका अध्यक्ष), जानमहमद आलम (जसपा गाउँ सदस्य),उपेन्द्र सहनी (जसपा वडा नं. २ अध्यक्षका प्रत्यासी), सन्तोष चौरसिया ( नेकपा एसका वडाअध्यक्षका प्रत्यासी), ताराचन्द साह तेली (जसपा नेता), जाउल हक इमान (नेपाली काँग्रेस), रामनिवास प्रसाद चौरसिया (नेकपा एस), सुरेशप्रसाद यादव (जसपा नेता), अनिलकुमार चौरसिया (नेकपा एस), विजयकुमार चौरसिया (जसपा), नितेशकुमार चौरसिया (नेपाली काँग्रेस),रविन्द्रप्रसाद चौरसिया (जसपा), भिखारी सहनी (जसपा), राकेश शर्मा (जसपा), समिम मिया (जसपा),जवार जी (जसपा), गणेश सहनी (जसपा), पृथ्वीनारायण साह (जसपा नेता), पे्रमजगत माली (जसपा नेता), राजु साह सोनार ( वडाध्यक्षका उम्मेदवार), राजेश साह कानु (जसपा नेता), शेषनाथ चौरसिया (जसपा नेता), राजेश पासवान (जसपा नेता), लक्ष्मी साह कानु (जसपा नेता), देवकी महरा (जसपा वडा सदस्य), सोनालाल सहनी ( जसपा नेता), चन्द्रदेव महतो (जसपा नेता), गणेशकुमार साह तेली (काँग्रेस नेता), किसुन दयाल दास (जसपा नेता), रामचन्द्र साह तेली (जसपा नेता), मुक्तिनारायण प्रसाद चौहान (पालिका उपाध्यक्षका उम्मेदवार) ।

विन्दवासिनीबाट राजपाका कार्यकर्ताः
हिरालाल साह (जिल्ला समिति सदस्य), श्यामबाबुप्रसाद कानु (जिल्ला सदस्य), रामबाबु साह कानु (क्षेत्रीय कमिटी सदस्य), लाटा साह (क्षेत्रीय सदस्य), धनीलाल दास (क्षेत्रीय सदस्य), रामजीत दास (क्षेत्रीय सदस्य), निरज पासवान (क्षेत्रीय सदस्य), रामध्यान तुरहा ( क्षेत्रीय सदस्य), भोला साह कानु (क्षेत्रीय सदस्य), मोतीलाल सोनार (क्षेत्रीय सदस्य), अशोक साह (क्षेत्रीय सदस्य), विनोद चौरसिया (क्षेत्रीय उपाध्यक्ष), नरेश साह कलवार (जिल्ला समिति सदस्य), योगिन्द्र पटेल (वडा सदस्य), पन्नालाल बैठा (वडा सदस्य), तुफान ठाकुर ( वडा सदस्य) 
विन्दावासिनीबाट नेपाली काँग्रेसका कार्यकर्ताः
पारसनाथ प्रसाद गुप्ता, सन्दीप्रसाद कलवार, विपुलकुमार गुप्ता, नन्दुप्रसाद पटेल, अमर साह बानियाँ, सञ्जुव साह बानियाँ, प्रेमचन्द्र पण्डित कुम्हाल, राजकुमार बानियाँ, महिन्द्र साह तेली, अलि महमद अन्सारी, सत्रोहन जी, मुन्ना तिवारी, हफिज गदी, बाँके विहारी पटेल ।
निर्वाचन क्षेत्र नं. ३ सखुवाप्रसौनीबाटः
महेन्द्र यादव (पूर्व गाउँपालिका अध्यक्ष, नेपाली काँग्रेस), रामगुलाम यादव (नेपाली काँग्रेस), धर्मराज साह तेली ( नेपाली काँग्रेसका वडा सदस्य), हमिद मियाँ (नेपाली काँग्रेसका वडा सदस्य), मनोज यादव (नेपाली काँग्रेस), दिनानाथ साह (नेपाली काँग्रेस), गौरीशंकर साह (नेपाली काँग्रेस), मञ्जय साह (नेपाली काँग्रेस), सन्तोष साह (नेपाली काँग्रेस), लालबहादुर साह (नेपाली काँग्रेस), जनार्दन यादव (नेपाली काँग्रेस), ब्रिजलाल राम (नेपाली काँग्रेस), मोहन साह तेली (नेपाली काँग्रेस), रामचन्द्र महरा (नेपाली काँग्रेस), मुकेश गिरी (नेपाली काँग्रेस), महादेव जयसवाल (नेपाली काँगे्रस वडा सदस्य), सञ्जय गिरी ( नेपाली काँगे्रस), हरेन्द्र साह तेली (नेपाली काँग्रेस), माधव साह तेली (नेपाली काँग्रेस) ।
निर्वाचन क्षेत्र नं. ४ पकाहामैनपुरबाटः
सन्तोषकुमार चौरसिया (वडाध्यक्ष प्रत्यासी, नेकपा एस), ज्याउल हक इमाम (नेपाली काँग्रेस), रामनिवास प्रसाद चौरसिया (नेकपा एस), अनिलकुमार चौरसिया (नेकपा एस), नितेशकुमार चौरसिया (नेपाली काँग्रेस), रवीन्द्रकुमार चौरसिया (जसपा), भिखारी सहनी (जसपा), राकेश शर्मा (जसपा), विजयकुमार चौरसिया (जसपा), हफिज आलम (नेकपा एस) ।
कालिकामाई गाउँपालिकाबाटः
महमद वकिल मियाँ (जसपा जिकस), दिनेश चौरसिया ( जसपा, जिकस), छोटेलाल चौरसिया (जसपा, जिकस), असलम आलम (जसपा, क्षेत्रीय सदस्य ), रामबालक प्रसाद (जसपा क्षेत्रीय सदस्य), गौरीशंकर चौरसिया (जसपा क्षेत्रीय सदस्य), समसेद मिया अन्सारी (जसपा) ।