detail-img

घोराहीका युवालाई एमालेमा स्वागत 

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–६ निवासी पाँच जना युवा आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । दाङबाट पार्टी प्रवेशका लागि काठमाडौं आइपुग्नुभएका उहाँहरूलाई पार्टीका महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गर्नुभयो । 
पार्टी प्रवेश गर्नेहरूमा तिलकराम चौधरी, भोलाबहादुर चौधरी, भागीराम चौधरी, युवराज चौधरी र राकेश रोका हुनुहुन्छ । 
पार्टी प्रवेश कार्यक्रममा, सांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायत उपस्थित हुनुहुन्थ्यो ।