detail-img

समानुपातिक तर्फको निर्वाचनमा भाग लिन निवेदन दर्ता

काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । 
आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आयोगमा निवेदन दिन आह्वान गरेको थियो । 
सो बमोजिम एमालेले आज पहिलो दिन नै प्रतिनिधि सभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । 
दल दर्ताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अख्तियारी प्राप्त गरी निर्वाचन विभागका सचिव केदार कोइरालाले आयोगमा निवेदन दर्ता गराउनुभयो ।