detail-img

लोसपाका नेता तथा माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई एमालेमा स्वागत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.रामबाबु तिवारी, नेकपा एसका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा र नेकपा माओवादी केन्द्रका ओखलढुङ्गा जिल्ला कमिटीका सदस्य सुजन रुम्जाली आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
ओखलढुङ्गाबाट रुम्जालीसहित वाईसीएलका ३७ जना युवा कार्यकर्ता र धनुषाबाट नेकपा एस, नेपाली काँग्रेस, जनता समाजवादी र माओवादी केन्द्रका गरी ४० जना एमालेमा प्रवेश गरेका छन् ।  
नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्नुृभयो ।

एमाले प्रवेश गर्नेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ–१ मोलीका युवाहरु रेजिन आलेमगर, धनबहादुर आलेमगर, गणेश आलेमगर, पर्शुराम पूर्वछाने मगर, नवीन पूर्वछाने मगर, कृष्णधन पूर्वछाने मगर, कमल आलेमगर, देव आलेमगर, रञ्जीत आलेमगर, सविन आलेमगर, प्रदीप आलेमगर, रविन आलेमगर, कृष्णबहादुर राई, राजधन आलेमगर, विक्रम आलेमगर, दानबहादुर आलेमगर, शिवम आलेमगर हुनुहुन्छ । 
त्यसैगरी, राजु कटुवाल, सविन कटुवाल, सीता आलेमगर, सुष्मा पुलामी, आशा पुलामी, विविता आले, मेनुका आले, सजन राई, राजन राई, उषा राई, एकबहादुर आले, सजय राई, सन्दीप राई, चुडामणि आले, विनिता रानामगर, रीमा आलेमगर, भक्त आलेमगर र सिर्जना राई हुनुहुन्छ । 
त्यसैगरी नेकपा एकीकृत समाजवादीका धनुषा जिल्लाका अध्यक्ष शर्मासहित जिल्ला कमिटी, नगर कमिटी र वडा कमिटीमा रहेका कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।  
जिल्ला कमिटीका सदस्यहरू सर्वनाथ महतो, मीरा दाहाल, सुनिलकुमार सिंह, तेजनारायण साह, नगर कमिटी उपाध्यक्ष विपुलकुमार महतो, वडा कमिटी अध्यक्ष रामनारायण महतो, सचिव सत्यदेव कापर, वडा कमिटी अध्यक्ष योगेन्द्र महतो, उपाध्यक्ष रामहरि बराल, वडा कमिटी संयोजक रामनन्दन यादव,
नेपाली काँग्रेसका क्षेत्रीय कमिटी सदस्य दीपक लामा एमालेमा प्रवेश गर्नुभएको छ । धनुषाबाट पार्टी प्रवेश गर्नेमा नेकपा एस, नेपाली काँग्रेस र जसपाका कार्यकर्ता गरी ४० जना  रहेका छन्  ।  
पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य बालकृष्ण ढुङ्गेल र केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवार उपस्थित हुनुहुन्थ्यो ।