detail-img

निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठक आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल,ललितपुरमा विहान ११ बजे बस्दैछ । 


आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । 


उक्त कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहनुभएको छ ।