detail-img

नेकपा एसका प्रदेश कमिटी सदस्य शाही एमालेमा 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई आज खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो । उहाँसँगै जीवनबहादुर शाही लगायतका नेताकार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ ।