detail-img

दाङमा काँग्रेसका क्षेत्रीय प्रतिनिधिसहित ४० जना भन्दा बढी एमालेमा 

घोराही । दाङमा नेपालीका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेशको लहर चलेको छ । 
दाङ देउखुरी राप्ती गाउँपालिका–४ मौरीघाट निवासी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय बुद्धिप्रकाश चौधरी र चित्रम चौधरी सहितका नेताकार्यकर्ता आइतबार एमालेमा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) राप्ती गाउँपालिका कमिटीले पिपरीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा नेपाली काँग्रेसका नेताकार्यकर्तालाई एमालेका पोलिटव्यूरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीसहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो । 
नवप्रवेशी बुद्धिप्रकाश चौधरी नेपाली काँग्रेसका नेता श्रीनारायण चौधरीका छोरा हुनुहुन्छ । द्वन्द्वकालको समयमा श्रीनारायणलाई माओवादीले हत्या गरेको थियो ।

‘बुवाको हत्या गर्ने माओवादीसँग काँग्रेसले अपवित्र गठबन्धन गर्दा पीडाबोध भयो’

अहिले त्यही माओवादी केन्द्रसँग काँग्रेस मिलेर अपवित्र गठबन्धन गरेकोप्रति आफूलाई पीडा बोध भएको चौधरीले वताउनुभयोे । 
चौधरीले भन्नुभयो– ‘जस्ले मेरो बुवाको हत्या गर्यो त्यही पार्टीसँग मिलेर जानुपर्ने अवस्था जुन आयो, यस्ले हामीलाई निकै निरास बनायो । काँग्रेस अब काँग्रेस रहेन , त्यसैले अब रुपान्तरण, विकास र समृद्धिको बाटोमा रहेको एमालेलाई रोज्नुपर्यो ।’
नेपाली काँग्रेसले आफ्नो बुवा श्रीनारायणलाई अपमान गरेको, अहिलेसम्म शहीदको प्रमाणपत्र दिन नसकेको चौधरीले गुनासो गर्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले गठबन्धन जनभावना विपरीत भएको भन्दै एमालेप्रति जनविश्वास बढ्दै गएको बताउनुभयो । 
माओवादी र काँग्रेस अहिले स्वार्थका लागि मिलेको जस्तो देखिए पनि यिनीहरूले एक–अर्कालाई वर्ग शत्रुकारुपमा लिने हुँदा अपवित्र गठबन्धन कुनै पनि वेला टुट्नसक्ने वताउनुभयो । 
परमादेशी गठबन्धन सरकारले जनतालाई राहत भन्दा आहत दिने काम गरेको, भ्रष्टाचार, महंगी, अभाव सिर्जना गर्न उद्यत भएको भन्दै त्यसको प्रतिक्रिया जनताले दिन थालेको बताउनुभयो । त्यसैगरी, अर्का पोलिटव्यूरो सदस्य शान्ता चौधरीले वर्तमान सरकार जनताको पक्षमा नभएको टिप्पणी गर्नुभयो । 
नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले पनि बोल्नुभएको थियो । 
पार्टी प्रवेश गर्नेहरूमा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिद्वय बुद्धिप्रकाश चौधरी र चित्रम चौधरीका साथै कल्पना चौधरी, प्रेमबहादुर विक, लक्ष्मी चौधरी, मखब चौधरी, मीना चौधरी, उषा चौधरी, सकुन्तला चौधरी, संगीता चौधरी, नैनमती चौधरी, विष्णुमती चौधरी, सुशीला चौधरी, राजकुमारी चौधरी, रुक्मणी केसी, रेणु केसी, जगदिश चौधरी, जग्गु सगरी, हरिदत्त चौधरी, चन्द्रबहादुर चौधरी, सीतारामी चौधरी, रीता चौधरी, नरेश कुमार चौधरी, रास्वरुप चौधरी, देवनारायण महर्जन, सुन्दरप्रसाद चौधरी, दिनेश चौधरी, सामुएल चौधरी, मोती आचार्य (जनमोर्चा), अच्युत पाण्डे (जनमोर्चा), खिमप्रसाद सुवेदी, दामोदर पौडेल, मिठुलाल चौधरी, खुसीराम चौधरी, रमेश चौधरी, हुमबहादुर चौधरी, लालबहादुर चौधरी, विसन चौधरी, हेमकर्ण चौधरी, कर्णबहादुर चौधरी र विनय चौधरी हुनुहुन्छ ।