detail-img

प्रेस चौतारीका पूर्व अध्यक्ष चापागाईंलाई स्वागत 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्कनुभएको छ । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । 
रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुनुहुन्छ । नेकपा (एमाले) का पुराना कार्यकर्ता चापागाईं गतबर्ष  पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । नेकपा एसका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज हुनुहुन्थ्यो । 
एमालेमै फर्कनुभएपछि डा.चापागाईंले नेपालको राजनीति एकातिर बामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई धू्रबमा विभाजित रहेको र बामपन्थी, प्रगतिशील धारको नेतृत्व नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले मात्र गर्नसक्नुहुन्छ भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको वताउनुभयो ।
मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने वताउनुभयो ।