detail-img

चुनावी तालमेल र सहकार्य गर्ने सहमति 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  र जनता समाजवादी पार्टी (जसपा) बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट तालमेल गरी सहकार्य गर्ने सहमति भएको छ । 
सहमतिमा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । 
२०७९ असोज २१ गते भएको सहमति अनुसार नेकपा (एमाले) लाई जसपाले प्रतिनिधि सभामा ३५ निर्वाचन क्षेत्रमा सघाउने भएको छ भने एमालेले जसपालाई १७ स्थानमा सघाउने छ । 
त्यसैगरी प्रदेश सभामा पनि दुबै पार्टीले एकअर्कालाई सघाउने सहमति भएको छ । सहमति यस प्रकार छः