detail-img

 ‘माओवादी र नेकपा एसले देश बनाउने कुरा गर्नु बेकार हो’

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा एकतिहाई र त्यो भन्दा कम सिटमा उम्मेदवारी दिने दलहरूले देश बनाउँछु भन्नु जनतामा भ्रम छर्ने काम मात्र भएको  वताउनुभएको छ । 
महासचिव पोखरेलले माओवादी केन्द्रले एकतिहाई र नेकपा एसले २०÷२१ सिटमा उम्मेदवारी दिएर देश बनाउँछु भन्नु बेकारको कुरा हो भन्नुभयो । 
दाङको हापुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गठबन्धन स्वार्थको सम्झौता हो, गठबन्धनबाट देश बनाएको दुनियाँमा कहीँ छैन भन्नुभयो । 
उहाँले देश बनाउन नीतिगत स्पष्टता चाहिने वताउँदै त्यो एमालेसँग मात्र भएको वताउनुभयो । 
उहाँले निर्वाचनपछि एमालेको सरकार गठन गरी अधुरा रहेका विकासका काम पूरा गर्ने वताउँदै हापुरलाई पर्या–पर्यटनका रुपमा विकास गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

 
एमाले प्रवेश गर्नेहरूमा नेपाली काँग्रेसकी क्षेत्रीय प्रतिनिधि इन्दिरा चौधरी र नेकपा मालेका जिल्ला कमिटी सदस्य हरिप्रसाद डाँगीको नेतृत्वमा सो पार्टीका नन्दलाल वली, नरबहादुर डाँगी, भूमा वली, वविता विक, जोखी वली, खिमी वली, शिवा डाँगी, तुल्सी वली, खिमसरा डाँगी, पारस डाँगी, लीलाबहादुर डाँगी, गीता डाँगी, हिमा डाँगी, झरना डाँगी, रामकली डाँगी, कृष्णबहादुर विक, खीमा वली, निकास वली, टिकाराम चौधरी,टेकबहादुर बुढा, कुम्भ केसी, माधु चौधरी र आमबहादुर नेपाली हुनुहुन्छ । उहाँहरू घोराही उपमहानगरपालिका वडा नं. १० र १२ का वासिन्दा हुनुहुन्छ ।