detail-img

‘गठबन्धनले सत्ता स्वार्थका लागि देशको स्वाभिमान र स्वाधीनता पनि बेच्छ’

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले सत्ता स्वार्थका लागि देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश/अंशमा बेच्ने वताउनुभएको छ । 
नेकपा (एमाले) ललितपुरद्वारा शनिवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नुपर्ने बताउनुभयो ।
‘सत्ता गठबन्धन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफूल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश/अंशमा बेच्छन्, त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सक्रिय हुन जरुरी छ ।’
सरकारले देशमा महङ्गी, भ्रष्टाचार बढाएको, काम चलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँधली गर्नेतर्फ  ध्यान केन्द्रित गरिरहेको उहाँको भनाइ छ ।
गठबन्धनका एक सयभन्दा बढी स्थानीय नेताकार्यकर्ता एमाले प्रवेश


कार्यक्रममा गठबन्धन सम्बद्ध एक सयभन्दा बढी नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।  
पार्टी प्रवेश गर्नेहरूमा पुराना बामपन्थी तथा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, नेकपा एसका रामसिंह महर्जन, माओवादी केन्द्रका वलराम महर्जन, हिराकाजी महर्जन, राजेन्द्र महर्जन हुनुहुन्छ ।
मओवादी केन्द्र सिद्धिपुरबाट रविकुमार महर्जन, तुलसी महर्जन, शान्तिराम बैद्य, चाँगाथलीबाट विकास महर्जन, धनगोविन्द महर्जन,लुभुबाट डा. प्रज्वन्त श्रेष्ठ, पवन श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बुद्धिदास श्रेष्ठ र जितेन्द्र महर्जन एमालेमा प्रवेश गर्नुभएको छ । त्यस्तै अनिल श्रेष्ठ,विकास श्रेष्ठ, विशान श्रेष्ठ, निरोज श्रेष्ठ र राजेश श्रेष्ठ पनि एमाले प्रवेश गर्नुभएको छ । 
त्यसैगरी नेपाली काँग्रेस धापाखेलका विकाश श्रेष्ठ र देवकी महर्जन पनि एमाले प्रवेश गर्नुभएको छ । नखिपोटका युवा वावुराम थापा, नेकपा एसका रत्नदास श्रेष्ठ, माओवादी केन्द्रका राजुदेव शाक्य, विक्रम खड्गी र महालक्ष्मी नगरपालिकाकी निरु श्रेष्ठ पनि एमाले प्रवेश गर्नुभयो । 
हरिसिद्धिबाट मोनिक महर्जन, इन्द्रराम महर्जन, लक्ष्मण महर्जन, मंगलदास महर्जन, धनबहादुर महर्जन, प्रेमगोपाल महर्जन, पूर्ण महर्जन, धर्मगोविन्द महर्जन एमाले प्रवेश गर्नुभयो । 
नेकपा एसका ललितपुर महानगरका न्हुच्छेमान महर्जन,सानुकाजी महर्जन,राम सिंह, जयराम श्रेष्ठ, किरण महर्जन, काजीरत्न महर्जन, रत्न महर्जन, अमृत महर्जन, सानुकाजी महर्जन, रविन महर्जन, रत्नदास श्रेष्ठ, रविन्द्र नेमकुल, विनोद श्रेष्ठ र महालक्ष्मी महानगर निवासी रुपेश केसीलगायत एमालेमा प्रवेश गर्नुभएको छ ।