detail-img

नेकपा एसका दुई नेतालाई एमालेमा स्वागत

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय स्थानीय विभाग सदस्य निर्मला थापा र बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य अशोक थापा नेकपा (एमाले) मा फर्कनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतवार बालकोटमा अबीर र खादा लगाई उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 
नेतृ थापा ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर हुनुहुन्छ । नेकपा एसकी केन्द्रीय परिषद सदस्य रहेकी नेतृ थापाले आफू व्यक्तिगत स्वार्थ नभई बाध्यतावश केही समय उक्त पार्टीमा लागे पनि आफूले २०४८ सालदेखि योगदान गरेको पार्टीमा फर्कन पाउँदा खुशी लागेको वताउनुभयो । 
उहाँले विगतमा नेकपा (एमाले) मा रहँदा अखिल नेपाल महिला संघ, नेपाल बुद्धिजीवी परिषद् लगायतमा रहेर विभिन्न जिम्मेवारी वहन गरेको र अब पनि पार्टीले दिने कुनै पनि जिम्मेवारी रमाएरै निर्वाह गर्ने सोच रहेको वताउनुभयो । 
पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यन्जनकार र नेकपा (एमाले) ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य सहभागी हुनुहुन्थ्यो ।