काठमाडौं । नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने घोषण गरिएपछि दिनहुँ विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता र स्वतन्त्र जीवन विताइरहेका युवासमेत दिनहुँजसो एमालेमा प्रवेश गरिरहेका छन् ।
मंगलबार दाङमा नेकपा एकीकृत समाजवादीको वुद्धिजीवी परिषद्का लुम्बिनी प्रदेश सदस्य विष्णु बञ्जाडे एमालेमै फर्किनु भएको छ ।
अध्यापन पेशामा संलग्न बञ्जाडेले वास्तविक नेतृत्वको पहिचान गरेर फेरि एमालेमै समाहित भएको बताउनुभयो ।
बञ्जाडेलाई एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले पार्टीमा स्वागत गर्नुभयो ।
यसैगरी घोराही उपमहानगरपालिका– ८ का युवा नारायण वली, सुवास परियार, भिमराज गिरी, करण विक, दीपक विक, लिलबहादुर विक, राहुल विक र कमल विक पनि एमाले प्रवेश गर्नुभएको छ ।
यसैगरी कपिलबस्तुको विजयनगरमा नेकपा समाजवादी लुम्बिनी प्रदेशका सदस्य डा. जहिरुल हसन खाँ, लोकतान्त्रिक समाजवादी पार्टीका युवा जिल्ला अध्यक्ष विजयकुमार चौधरी, नेकपा माओवादी केन्द्रका विजगनगरका अध्यक्ष तेजप्रसाद पौडेल, नेकपा एसका सूर्यबहादुर विक, नेपाली काँग्रेसका भगवानदास यादव लगायत एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमालेका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले पार्टीमा स्वागत गर्नुभयो ।